आठराई (तेह्रथुम) ८ असोज ।
सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन् ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको सिरान तलामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
एकचालीस वर्षीय गुरुङ असोज ५ गते बिदामा घर गएका थिए । एक महिनाअघि मात्र सक्रान्तिबजार सरुवा भई आएका गुरुङ दशैँका लागि लिपपोत गर्न भनी घरमा बिदामा बसेको सुरक्षा बेस क्याम्प आठराई सक्रान्तिबजारका सशस्त्र प्रहरी निरीक्षक सानुकान्छा तुवानावासुले बताए ।
शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिने प्रहरीले जनाएको छ । रासस





























प्रतिक्रिया