काठमाडौं, ७, असोज
राजधानीको मनोहरा क्षेत्रमा प्रहरीको गोली लागी एक जना घाइते भएका छन् । प्रहरीको गोली लागि रामेश्वर गौतम घाइते भएका हुन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख दिवस लोहनीले जानकारी दिए । वरिष्ठ उपरीक्षक लोहनीले भने, “मनोहरा पुल नजिक गुण्डाहरुको एक समूह हतियार सहित बसेको छ भन्ने सूचना हामीलाई प्राप्त भयो । हाम्रो प्रहरी टोली त्यहाँ पुग्दा उनीहरुले दुई गोली चलाए । प्रहरीले पनि दुई राउण्ड गोली चलाउँदा रामेश्वर गौतम घाइते भएका छन् ।” गौतमको दाहिने खुट्टाको घुँडामुनि गोली लागेको छ । गौतम यसअघि पनि गुण्डागर्दीमा संलग्न रहँदै आएको प्रहरीको भनाइ छ ।
रासस





























प्रतिक्रिया