काठमाडौं, ६, असोज
निर्वाचन आयोगले १० र २१ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दसैंको टीकाको भोलिपल्ट (१५ असोज) बाट मतपत्र छाप्न सुरु गरिने बताएको छ । सरकारले प्रदेश प्रमुख र राजनीतिक दलहरूले उम्मेदवारको प्रारम्भिक बहस सुरु नगर्दै आयोग भने प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपत्र छाप्ने तयारीमा जुटेको हो । स्थानीय तह निर्वाचन सम्पन्न गरेको आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूबीच छलफल गरी असोज दोस्रो साताबाट मतपत्रको छपाइ थाल्ने तयारी गरेको हो । आयोगले पहिले प्रदेशसभा र प्रतिनिधिसभाको समानुपातिक निर्वाचनका लागि मतपत्रको डिजाइन गर्ने काम अन्तिम चरणमा पु¥याएको बताएको छ।
राजधानीबाट





























प्रतिक्रिया