काठमाडौं, ६, असोज
बाढीका कारण परेको दाबीको निर्जीवन बिमा कम्पनीहरूले भुक्तानी गर्न सुरु गरेका छन् । असोज १ गते सम्म बिमा समितिमा प्राप्त भएको तथ्यांक अनुसार कम्पनीहरूले ३ करोड ५८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । "/>

बिमा कम्पनीद्वारा बाढीको दाबी भुक्तानी दिन सुरु

बिमा कम्पनीद्वारा बाढीको दाबी भुक्तानी दिन सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ६, असोज
बाढीका कारण परेको दाबीको निर्जीवन बिमा कम्पनीहरूले भुक्तानी गर्न सुरु गरेका छन् । असोज १ गते सम्म बिमा समितिमा प्राप्त भएको तथ्यांक अनुसार कम्पनीहरूले ३ करोड ५८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । कम्पनीहरूले २३ वटा दाबी बापत उक्त रकम भुक्तानी गरेका हुन् । समितिको तथ्यांक अनुसार कम्पनीहरूमा परेको दाबी मध्ये अब ६ सय ३९ वटा दाबी बापत करिब १ अर्ब ९९ करोड रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ । कम्पनीहरूमा सबैभन्दा बढी अग्नि बिमाको दाबी परेको थियो । सोही अनुसार हालसम्म भएको दाबी भुक्तानी मध्ये अग्नि बिमा अन्तर्गतकै दाबी परेको छ । कम्पनीहरूले १८ वटा अग्नि बिमाको दाबी भुक्तानी गरेका छन् । जस बापत ३ करोड ३७ लाख रुपैयाँ भुक्तानी भएको छ । त्यस्तै मोटर बिमा बापत परेको दाबी मध्ये कम्पनीहरूले ४ वटा दाबी बापत १ लाख ६१ हजार रुपैयाँ भुक्तानी गरेका छन् ।
कारोबारबाट

Skip This
Skip This
Logo