रसुवा, ६, असोज
चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढीबाट ५० हजार अमेरिकी डलर सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चीनको हुनान प्रान्तकी ४७ वर्षीया लि लिवान रहेकी छिन् । "/>

रसुवामा ५० हजार अमेरिकी डलर सहित चिनियाँ नागरिक पक्राउ

रसुवामा ५० हजार अमेरिकी डलर सहित चिनियाँ नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

रसुवा, ६, असोज
चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढीबाट ५० हजार अमेरिकी डलर सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चीनको हुनान प्रान्तकी ४७ वर्षीया लि लिवान रहेकी छिन् । रसुवागढीमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले उनलाई पक्राउ गरेको हो। विशेष सुराकीको आधारमा चेक जाँच गर्दा झोला भित्र लुकाइ छिपाई चीन लैजान लागेको अवस्थामा सय दरका ४ सय ३५ थान र ५० दरका १ सय ३० थान अमेरिकी डलर सहित उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बताए। डलरको नेपाली मूल्य ५१ लाख ३१ हजार ५ सय रहेको छ। पक्राउ परेकी चिनियाँ लिवानलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ।
नागरिकबाट

Logo