कञ्चनपुर, ६ असोज
आपूर्ति राज्यमन्त्री कर्ण विकले बिहीबार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजार अनुगमन गरेका छन् । उनले भीमदत्तनगर स्थित मुख्य बजारका फेन्सी पसल, खाद्य पसल तथा तरकारी बजार र त्यहाँ रहेका मासु पसलको समेत अनुगमन गरे । "/>

आपूर्ति राज्यमन्त्रीद्वारा बजार भीमदत्तनगर बजार अनुगमन

आपूर्ति राज्यमन्त्रीद्वारा बजार भीमदत्तनगर बजार अनुगमन

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर, ६ असोज
आपूर्ति राज्यमन्त्री कर्ण विकले बिहीबार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजार अनुगमन गरेका छन् । उनले भीमदत्तनगर स्थित मुख्य बजारका फेन्सी पसल, खाद्य पसल तथा तरकारी बजार र त्यहाँ रहेका मासु पसलको समेत अनुगमन गरे ।

बजार अनुगमनका क्रममा राज्यमन्त्री विकले यहाँ स्थित टपसप फेन्सी पसलले महँगोमा सामान बिक्री गर्नाका साथै खरिद बिल देखाउन आग्रह गर्दा नभेटृाएपछि आज विहान १० बजे सम्म आवश्यक कागजात देखाउन आग्रह गरेका छन् । त्यसैगरी, मासु पसल अनुगमन गर्दै उनले सरसफाइमा ध्यान दिन सुझाउँदै व्यवसायको बारेमा व्यापारीसित कुराकानी समेत गरेका थिए । मन्त्री नै बजार अनुगमनमा निस्केको खबर पाएपछि तरकारी बजारका मासु पसलेहरु भने सहज हुँदै मन्त्री पुग्नु अघि नै सरसफाइमा व्यस्त देखिन्थे । “यसरी नै सधैँ सफा राख्नु हुन्छ कि आज मात्रै हो ?”, मासु पसलेलाई प्रश्न गर्दै राज्यमन्त्री विकले भने । त्यसैगरी, उनले बुधबार कैलालीको धनगढी बजार पनि अनुगमन गरेका थिए ।
रासस

Logo