काठमाडौं , ६, असोज
स्थानीय विकास मन्त्रालयले सडक सञ्जालमा जोडिएका सबै स्थानीय तहका लागि एकैपटक गाडी किन्ने गृहकार्य अघि बढाएको छ । "/>

सडकसंजाल जोडिएका स्थानीयतहका लागि ५ सय गाडी किन्ने सरकारको तयारी

सडकसंजाल जोडिएका स्थानीयतहका लागि ५ सय गाडी किन्ने सरकारको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , ६, असोज
स्थानीय विकास मन्त्रालयले सडक सञ्जालमा जोडिएका सबै स्थानीय तहका लागि एकैपटक गाडी किन्ने गृहकार्य अघि बढाएको छ । उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको दबाबमा गरिएको यस्तो तयारीमा करोडौँ कमिसनको खेल रहेको स्रोतको दाबी छ ।

मन्त्रालयको गृहकार्य अनुसार केन्द्रबाट एकैपटक करिब ५ सय गाडी किनिने छन् । सहसचिव सुरेशराज अधिकारीको नेतृत्वको कार्यदलले त्यसमा गृहकार्य गरिरहेको छ । कार्यदलले अहिले सडक सञ्जालसँग जोडिएका सबै स्थानीय तह र ती तहसँग भएका सवारीसाधनको विवरण संकलन गरिरहेको छ । कार्यदलका सदस्यसचिव इन्द्र गौतमका अनुसार प्रारम्भिक अध्ययनका क्रममा स्थानीय तहलाई कम्तीमा पनि पाँच सय गाडी व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo