महोत्तरी , ६, असोज
महोत्तरीमा कांग्रेस र राजपा नेपालको कडा प्रतिप्रर्धा चलिरहेको छ। महोत्तरीको १५ स्थानीय निकाय मध्ये ५÷५ वटा स्थानीय तहमा कांग्रेस र राजपा नेपालको ठक्कर चलिरहेको हो । राति ७ बजे सम्मको अपडेट अनुसार कांग्रेसले औरही, लोहारपट्टी, रामगोपालपुर र एकडारा गरि चार स्थानमा लिड गरिरहेको पाइयो। त्यसैगरि राजपा नेपाल महोत्तरीको महोत्तरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा बिजयी भएको छ।
महोत्तरी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार सुनिल कुमार राय २ हजार ७५१ मत सहित विजयी भएका हुन् । यस्तै उपाध्यक्षमा पनि राजपाकै उपाध्यक्ष पदकी उम्मेदवार सीतादेवी साह २ हजार ६१९ मत सहित विजयी भएको निर्वाचन अधिकृत रामानन्द अधिकारीले बताए। महोत्तरीको १३८ वडा मध्ये ५७ वडाको नतिजा सार्वजनीक भइसकेको छ। सबै भन्दा बढी कांग्रेसले यो समाचार तयार पार्दा सम्म २४ स्थानको वडा अध्यक्षमा विजयी हासिल गरिसकेको छ । राजपा १७ माओवादी १५, नेकपा एमाले ५, स्वतन्त्र २ र राप्रपाले १ वडा अध्यक्ष जितेको छ। महोत्तरीमा १५ प्रमुख, १५ उपप्रमुख, १३८ वडाअध्यक्ष, वडा सदस्य ५५२ गरि ७२० पदको लागि गरिएको निर्वाचनमा ४ हजार २९६ जनाले उमेदवारी दिएका थिए।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया