केन्द्रबिन्दु डेस्क । काठमाडौं, ५ असोज ।
प्रसंग अस्टे«लियाको मेलबर्नमा बस्ने शेरोन जैबरको हो । उनले आफ्नो कथा सेयर गर्दै ‘१५ वर्षमा गर्भवती हुँदा आफूले कस्तो दशा भोग्नुपर्यो’ भनेर त्यसको खुलासा गरेकी छन् । खासमा उनी स्कुल तहमा पढ्दै गर्दा आमा बनेकी थिइन् ।
घटना सन् १९९९ को हो । शेरोनले बच्चा जन्माइन् । त्यस समय उनी हाइ स्कुलकी विद्यार्थी थिइन् । बच्चा गर्भमा हुँदा परिवारले गर्भपतनका लागि दबाब दिएको थियो । तर, उनले बच्चा जन्माउने फैसला गरिन् ।
बच्चा जन्माएपछि उनले थुप्रै आलोचना खेप्नुपर्यो । उनको चरित्रमाथि प्रश्न उठाइयो । तर, खास कुरा त के थियो भने उनका ब्वायफ्रेन्ड रेमसेले उनको साथ कहिल्यै छाडेनन् ।

आमा र ठूली छोरी
छ बच्चा जन्मेपछि विवाह
१५ वर्षको उमेरमा पहिलो बच्चा जन्माएपछि रेमसेसँग उनको सम्बन्ध थप मजबुत भयो । उनीहरूले २०११ मा विवाह गरे । त्यसबेला उनीहरूसँग अरू छ जना बच्चा भइसकेका थिए । अहिले उनीहरू आठजना बच्चाका अभिभावक हुन् । त्यसमा सबैभन्दा ठूली छोरीको उमेर नै १८ वर्ष पुगिसक्यो । सानो छोरा २ वर्षका छन् ।
शेरोन अहिले ३४ वर्षकी भइन् । उनी एक मार्केटिङ कम्पनीमा म्यानेजर पदमा कार्यरत छन् । साथै अनलाइन व्यापार पनि गर्छिन् । (एजेन्सीको सहयोगमा)





























प्रतिक्रिया