कपिलवस्तु, ५ ,असोज
जिल्लाको यशोधरा गाउँपालिकामा नागरिकताको सिफारिस गर्न घुस लिदै गर्दा वडा सचिव सहित २ जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। बुधबार दिउँसो स्थानीय एक सर्वसाधारण बाट नागरिकताको सिफारिस लिन आउँदा घुस लिएको आरोपमा अख्तियारको टोलीले सो गाउँपालिका वडा नं. ४ का वडा सचिव अयोध्या प्रसाद विश्वकर्मा र कृषि प्राविधिक सहायक बृजेश चाईलाई पक्राउ गरेको हो। उनीहरुले स्थानीयबाट ७ हजार रुपैयाँ घुस लिएको आरोप छ ।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया