रौतहट, ५ ,असोज
हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुसले) आफ्नो जन्मदिन पारेर रौतहटका बाढीपिडितहरुका लागी एकिकृत नमुना सन्तपुर बस्तीको हिजो शिलान्यास गरेका छन्।चन्द्रपुर नपा – ८, सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागी धुर्मुस् सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरेका हुन्। कट्टेल सहित श्रीमती कुञ्जना घिमिरे र रामकलिया देवी हजाराले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गरेका हुन्।
फाउण्डेशनसका अध्यक्ष कट्टेलका अनुसार उक्त परियोजना असोज ४ गते बाट शुरु भएर आउँदो माघ २४ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बस्ती निर्माणका लागी ५ करोड ७५ लाख लागतको अनुमान गरिएको छ । सो परियोजना अन्तर्गत आवासीय घर ४५ वटा, मन्दिर १ वटा, सामुदायिक भवन १ वटा, भ्यु टावर १ वटा, सार्वजनिक धारा १ वटा, सार्वजनिक शौचालय १ वटा साथै कम्पाउण्ड सहितको भुकम्प तथा बाढी डुबानबाट सुरक्षित बस्ती निर्माण हुनेछ । यस अघि काभ्रे, सिन्धुपाल्चोक र महोत्तरीमा यस परियोजनाले ३ वटा एकिकृत वस्तीको निर्माण गरिसकेको छ ।
नागरिकबाट





























प्रतिक्रिया