काठमाडौं,३, असोज
प्रदेश नं. २ मा हिजो भएको चुनावको मतगणना शुरु भएको छ । जस मध्ये आज बिहान ८ बजेसम्म केही स्थानीय तहको प्रारम्भिक गणना यस्तो छः
सप्तरीको सप्तकोशी नगरपालिकामा माओवादी अगाडी छ । माओवादीको १६५, एमालेको १४५ र लोकतान्त्रिक फोरमको १८ मत रहेको छ । यस्तै सिरहाको लाहान नगरपालिकामा काँग्रेस अघि छ । कांग्रेसको ३६२ , एमालेको ३२५ र राजपाको २९५ रहेको छ । सिरहाकै कल्याणपुर नगरपालिकामा कांग्रेसको १६२, राजपाको २१३ र माओवादीको ७६ मत रहेको छ , महोत्तरीको बर्दिबास नगरपालिकामा कांग्रेस अगाडि छ । यहाँ काँग्रेसको ३५० , एमालेको १८८ र राजपाले १५२ मत पाएका छन् । धनुषाको मिथिला नगरपालिकामा एमाले अघि छ । उसको ३१४, कांग्रेसको २४३ र संघीय फोरमको १६३ मत छ । पर्साको ठोरी गाउँपालिकामा एमालेले १३१, माओवादीले १३० र कांग्रेसले २७ मत पाएका छन् भने रौतहटको परोहा नगरपालिकामा कांग्रेसको ६६, माओवादीको १९ र एमालेको ४ मत रहेको छ । यस्तै धनुषाको गणेशमान चारनाथ नगरपालिकामा माओवादीको १९४, संघीय फोरमको १५८ र कांग्रेसको १२० मत रहेको छ । उल्लेखित सबै प्रमुख पदको प्राप्त मत संख्या हो ।































प्रतिक्रिया