काठमाडौं,३, असोज
पछिल्लो समय चिकित्सकको लापरबाहीका कारण अस्पतालमा उपचार गर्न गएका सर्वसाधारणको ज्यान जान थालेपछि सरकारले त्यस्ता चिकित्सकलाई कानुनको दायरामा ल्याउने गरी कडा कानुन बनाउने तयारी गरेको छ । "/>

अब विरामीको मृत्यु भए दोषी चिकित्सक बाटै क्षतिपूर्ति भराइने

अब विरामीको मृत्यु भए दोषी चिकित्सक बाटै क्षतिपूर्ति भराइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३, असोज
पछिल्लो समय चिकित्सकको लापरबाहीका कारण अस्पतालमा उपचार गर्न गएका सर्वसाधारणको ज्यान जान थालेपछि सरकारले त्यस्ता चिकित्सकलाई कानुनको दायरामा ल्याउने गरी कडा कानुन बनाउने तयारी गरेको छ । सोमबारको मन्त्रीपरिषद बैठकले विरामीको ज्यान माथि खेलवाड गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कानुनको दायरामा ल्याउन नयाँ कानुन बनाउने निर्णय गरेको हो । एकथरी रोगको अर्को थरी औषधि उपचार गर्ने, गलत औषधि सिफारिस गर्ने र शल्यक्रिया गर्ने क्रममा लापरवाही गर्दा अस्पतालमा सर्वसाधारण विरामीको ज्यान जान थालेपछि सरकार यो निर्णय गर्न बाध्य भएको हो ।

चिकित्सक र अस्पतालको लापरवाहीका कारण कति विरामी अंगभंग हुनुका साथै दृष्टि गुमेको र मानसिक सन्तुलन समेत गुमेका घटना बढ्दै गई दोषी चिकित्सक र अस्पताल माथि कारवाहीको माग दावी सहित सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता हुँदै आएका छन् । मन्त्रीपरिषदको यो निर्णयलाई चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले ३ दिन भित्र खारेज गर्न सरकारलाई अल्टिमेटम दिएको छ । संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तीमा सरकार आफ्नो निर्णयबाट पछि नहटे बिहीबारदेखि मुलुकभरका स्वास्थ्य संस्था ठप्प पारेर आन्दोलनमा उत्रिने घोषणा गरिएको छ ।
राजधानीबाट

Logo