धनुषा,३, असोज
धेरै चासोपूर्वक हेरिएको धनुषाको जनकपुर उपमहानगरपालिकामा हिजो राती बाटै मतगणना शुरु हुने भनिए पनि राती अबेर सम्म मतगणना सुरु हुन सकेन । तत्काल मतगणना सुरु गर्नुपर्ने माग गर्दै गणनास्थल बाहिर विभिन्न राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारणले नाराबाजी गरिरहेका थिए । जिल्ला निर्वाचन कार्यालयले भने मंगलबार बिहान (आज) बाट मात्र मतगणना सुरु हुने जनाएको छ । सोमबार बेलुकी बसेको सर्वदलीय बैठक निष्कर्षहीन भएपछि गणना कार्य सुरु हुन नसकेको हो ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया