पाल्पा, १ ,असोज
तानसेन नगरपालिकाको बौघागुम्बा स्थित ‘नेपालको ताजमहल’मा पर्यटक आगमनमा कमी भएपछि सुनसान बनेको छ । आन्तरिक तथा बाह्य पर्यटक आगमनमा कमी भएपछि रानीमहल अहिले सुनसान बनेको छ । वर्षा र सडक बिग्रीएका कारण ताजमहल सम्म आउने पर्यटकको संख्यामा ज्यादै कमी आएको हो ।
कालीगण्डकी नदीको भिरालो चट्टानमा अवस्थित ताजमहल हेर्न लायकको पर्यटकीय स्थल हो । ऐतिहासिक पुरातात्विक हिसाबले महत्वपूर्ण मानिएको ताजमहल पर्यटक आकर्षणको लोभ लाग्दो सम्पदा हो । गतवर्ष भदौ , असोज महिनामा पर्यटकको ओइरो लाग्ने ताजमहलमा अहिले पर्यटक ५/१० जना पनि नआउने गरेको स्थानीय बासिन्दा बताउँछन् । पहिला यही मौसममा ५० देखि १०० को बीचमा पर्यटक आउने गरे पनि अहिले आन्तरिक तथा बाह्य पर्यटक देख्न मुस्किल भएको स्थानीय बासिन्दा तारा बहादुर थापाले बताए । साउन देखि भदौ महिना वर्षाका कारण पहिरो खसेर अवरुद्ध सडक केही दिन अघि देखि सञ्चालनमा आए पनि वर्षाका कारण पहिरो खस्ने र सडकमा खोलाखाल्सीले यात्रा कठिन भएको छ ।
ऐतिहासिक, पर्यटकीय, धार्मिक, पुरातात्विक, सांस्कृतिक रुपमा अत्यन्त महत्वपूर्ण मानिएको ताजमहल दरबार क्षेत्रमा अध्ययन, अनुसन्धानका अलवा धार्मिक पर्यटक भ्रमण गर्न आउने गरेका छन् ।
रासस





























प्रतिक्रिया