काठमाडौं , १, असोज
सरकारले दसैँअघि प्रदेशको अस्थायी राजधानी तोक्ने सम्भावना निकै कम छ । प्रदेश प्रमुखको नियुक्ति गर्न र राजधानी तोक्न प्रधानमन्त्रीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्को राजनीतिक समितिले अझै छलफल समेत थालेको छैन । "/>

सात प्रदेशका राजधानीको प्रस्तावित नाम यस्तो छ :

सात प्रदेशका राजधानीको प्रस्तावित नाम यस्तो छ :

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , १, असोज
सरकारले दसैँअघि प्रदेशको अस्थायी राजधानी तोक्ने सम्भावना निकै कम छ । प्रदेश प्रमुखको नियुक्ति गर्न र राजधानी तोक्न प्रधानमन्त्रीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्को राजनीतिक समितिले अझै छलफल समेत थालेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण र त्यसपछि प्रदेश नम्बर २ को निर्वाचनमा व्यस्त हुँदा अहिले सम्म राजनीतिक समितिको बैठक समेत बस्न नसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
यसै विच प्रदेशको राजधानीका लागि अनौपचारिक निम्न ठाउँहरुको प्रस्ताव आएको छ :
प्रदेश नं.१ : झापा, धनकुटा र मोरङ
प्रदेश नं २ : जनकपुर, वीरगन्ज, राजविराज
प्रदेश नं ३ : काठमाडौ, हेटौँडा, धुलिखेल र चितवन
प्रदेश नं ४ : पोखरा निर्विकल्प
प्रदेश नं ५ : बुटवल, दाङ, बाँके र कपिलवस्तुको तिलौराकोट क्षेत्र
प्रदेश नं ६ : सुर्खेत र जुम्ला
प्रदेश नं ७ : डोटी, कैलाली (अत्तरियादेखि धनगढीसम्मको क्षेत्र), कञ्चनपुर र डडेलधुराको स्याउली बजार क्षेत्र
नयाँपत्रिकाबाट

Logo