काठमाडौं , १, असोज
भूकम्पमा क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको रेट्रोफिटिङ (प्रबलीकरण) प्रक्रिया अघि बढेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार तीन चरणमा सिंहदरबारको प्रबलीकरण सम्पन्न हुनेछ । पहिलो चरणमा भूकम्पबाट क्षति पुगेको भवनको सूक्ष्म अध्ययन हुनेछ । अध्ययन प्रभावकारी बनाउन प्राधिकरणले सिंहदरबार वरिपरि खट बाँध्ने काम सुरु गरिसकेको छ । अबको एक साताभित्र प्राधिकरणले अध्ययन टोली परिचालन गर्नेछ । सूक्ष्म अध्ययनका लागि डेढ महिनाको समय छुट्याइएको छ ।
प्राधिकरणका अनुसार सिंहदरबार प्रबलीकरणमा पुरानै इँटा प्रयोग गरिनेछ । इँटा जोड्न सिमेन्टको ठाउँमा सुर्कीको प्रयोग गरिनेछ । सिंहदरबारको बाहिरी आवरण पुरानै शैलीको हुने बताइएको छ । सिंहदरबारको मर्मत हुन लागे पनि भूकम्पमा क्षतिग्रस्त राणाकालीन दरबारको पुनर्निर्माण प्रक्रिया टुंगो लाग्न नसक्दा साढे दुई वर्षदेखि अलपत्र बन्न पुगेका छन् ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया