राजविराज, असोज, १
राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का लागि वडा अध्यक्षका उम्मेदवार महन्थी यादवको हिजो साँझ निधन भएको छ । "/>

राजपा वडाध्यक्ष उमेदवारको निधन, मतदान स्थगित

राजपा वडाध्यक्ष उमेदवारको निधन, मतदान स्थगित

केन्द्रबिन्दु
0
Shares

राजविराज, असोज, १
राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का लागि वडा अध्यक्षका उम्मेदवार महन्थी यादवको हिजो साँझ निधन भएको छ ।

साविकको देउरी भरुवा गाविस, हाल राजविराज–१५ बस्ने ६५ वर्षीय यादव रक्त क्यान्सरबाट पीडित थिए । उनको घरमै निधन भएको राजपा नेपालका महासचिव मनिष कुमार सुमनले जानकारी दिए । यही असोज २ गते सोमबार प्रदेश नं २ अन्तर्गत सप्तरीमा हुने स्थानिय तह निर्वाचनका लागि उनले राजविराज नगरपालिका–१५ बाट राजपा नेपालका तर्फबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । २०५४ सालमा साविकको देउरीभरुवा गाविसमा नेकपा (एमाले)को तर्फबाट उनी वडा अध्यक्ष निर्वाचित भएका थिए । उनको निधन पछि त्यहाँको मतदान स्थगित भएको छ । रासस

Logo