२४७ जना भूकम्पपीडितलाई घर हस्तातरण

२४७ जना भूकम्पपीडितलाई घर हस्तातरण

केन्द्रबिन्दु
0
Shares

ललितपुर, ३१ भदौ । आवासका लागि सहयोग समूह (लुमन्ती)द्वारा निर्माण गरिएका भूकम्पप्रतिरोधात्मक घर शुक्रबार एक कार्यक्रमबीच २४७ जना भूकम्पपीडित परिवारलाई हस्तातरण गरिएको छ । 

कोन्ज्योसोम गाउँपालिका– ३ दलचोकीमा निर्माण गरिएका घर स्थानीय बासिन्दालाई हस्तातरण गरिएको हो । २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पूर्णरुपमा क्षति भएका घर संख्यामध्ये २४७ जनाले नयाँ घर पाएका छन् । 

सो अवसरमा अर्थराज्यमन्त्री उदयशम्शेर राणाले भूकम्पपीडितलाई लुमन्तीले घर तयार पारेर हस्तान्तरण गरेको कार्य प्रति सराहना गरे । संस्थाका परियोजना कार्यक्रम संयोजक तुलसीकुमार कवैकाअनुसार ललितुरको सिद्धिपुर, थेचो, चाँपागाउँ, लेले, झरुवाराशी र दलचोकीमा भूकम्पप्रतिरोधात्मक घर निर्माण कार्य भइरहेको छ । 

दलचोकीमा निर्माण भएका गरिएका प्रत्येक घरका लागि संस्थाका तर्फबाट रु दुई लाख उपलब्ध गरेको उनले बताए । उनका अनुसार भूकम्पपीडितका लागि एक हजार ३ सय घर बनाउने लक्ष्य रहेको छ । रासस

Logo