हेटौँडा, ३१, भदौ
नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले स्थानीय तह निर्वाचनमा काँग्रेसले काँग्रेसलाई नै घात गरेका कारण धेरै ठाउँमा हार बेहोर्नुपरेको बताएका छन् । काँग्रेस मकवानपुरको जिल्ला भेला एवं दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेश र केन्द्रीय निर्वाचनमा पनि यस्ता घात गर्नेहरु देखिएमा पार्टी केन्द्रले कारबाही गर्ने चेतावनी दिए ।
यसैगरि केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले हेटौंँडालाई प्रदेश नं ३ को राजधानी बनाउनका निम्ति काँग्रेसले पहल गरिरहेको जानकारी दिइन। केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्थानीय तहको निर्वाचनमा भएका गल्तीलाई सच्याउँदै केन्द्र र प्रदेशको निर्वाचनमा लाग्नु आवश्यक रहेको औँल्याएका थिए । कार्यक्रममा काँग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ, नेपाल तामाङ संघका अध्यक्ष काविल तामाङ, काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने लगायतले पार्टीभित्र मौलाउँदै गएको अन्तरघात प्रवृत्तिले पार्टीलाई फाइदा नहुने बताए । प्रशिक्षणमा जिल्लाभरका करिब २०० अगुवा कार्यकर्ताको सहभागिता थियो । रासस





























प्रतिक्रिया