कलैया, ३१, भदौ
प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको बताएका छन्। बाराको सदरमुकाम कलैयामा नेपाली कांग्रेसले शुक्रबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले ढिलै भए पनि तराई मधेशका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने दृढता व्यक्त गरे।
नेपाली कांग्रेसका सभापति समेत रहेकाका देउवाले एमाले पाटीले मुलुकमा विखण्डन ल्याउन खोजेको कुरा मधेसका जनता बुझिसकेको बताउँदै मधेसी जनताको अधिकार प्रवद्र्धनका लागि कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै मतदातामा आग्रह गरे।
रासस





























प्रतिक्रिया