केन्द्रविन्दु सम्बाददाता
काठमाडौँ, ३० भदौ । नेपालको आर्थिक विकास र गरिबी निवारणका लागि अमेरिकी सरकारले अहिलेसम्मकै सबै भन्दा बढी सहयोग गरेको छ। अमेरिकाले मिलेनियम कर्पोरेट च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यक्रमअन्तर्गत ५० अर्बभन्दा बढी (५ सय मिलियन अमेरिकी डलर) उपलब्ध गराएको हो।
बिहीबार वासिङ्टन डिसीस्थित स्टेट डिपार्टमेन्टको ट्रिटी हलमा नेपालका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका निमित्त प्रमुख कार्यकारी अधिकृत जोनाथन नासले हस्ताक्षर गरेका छन्।
यस आयोजना अन्तर्गत अमेरिकी सरकारले नेपाललाई ५० करोड डलर बराबरको रकम सहयोगस्वरुप उपलब्ध गराउनेछ जसमा नेपाल सरकारले १३ करोड डलर रकमको योगदान गर्नेछ। यसरी ६३ करोड डलरअर्थात् करिब ६३ अर्ब रुपैयाँ बराबरको यो आयोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ। यसबाट २१३ किलोमिटर विद्युत ट्रान्समिसन लाइनको निर्माण र सडक विस्तारमा खर्च गरिनेछ।
हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दे अमेरिकाका उपविदेशमन्त्री जोन जे सुलिभानले नेपालको आर्थिक विकासको माध्यमबाट न्यून आय भएका जनताको जीवनस्तर उकास्न अमेरिकी सरकारले सहयोग पुर्याउन पाएकोमा खुशी व्यक्त गरे। त्यस्तै नेपालका अर्थमन्त्री कार्कीले नेपाल अमेरिकाको सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको घडीमा यो सम्झौता एउटा कोशेढुंगा सावित भएको बताए ।





























प्रतिक्रिया