काठमाडौं , ३०, भदौ
दशैंको मुख्य चुनौती मुग्लिङ–नारायणगढ सडक खण्डको पहिरो भएको प्रहरीले निष्कर्ष निकालेको छ। नेपाल प्रहरीले मुग्लिङको ३६ किलोमिटर बाटोलाई विशेष सुरक्षा दिएको छ।
दशैंतिहारमा अन्य सुरक्षा सामान्य भए पनि मुग्लिङ–नारायणघाट सडकको सुरक्षालाई विशेष रूपमा लिएको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले चितवनका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सडक आयोजना प्रमुख लगायत सरोकारवालाको बैठकपछि मुग्लिङ सडकको २४ सै घण्टा सुरक्षा दिई यात्रुलाई सहजरूपमा आवतजावत गर्ने व्यवस्था मिलाइएको जानकारी दिए। प्रहरीले मुग्लिङ सडकमा ६ वटा टोली परिचालन गरेको छ। सो टोलीले २४सै घण्टा अनुगमन गर्ने, ६ वटा स्काभेटर सहित हेभी इक्युपमेन्ट राख्ने, पहिरो आए वा यात्रुवाहक सवारी साधन बिग्रिए तत्काल हटाउने, प्रत्येक हप्तामा सुधार गर्ने, अनुगमनलाई तीव्र बनाउने लगायतका योजना लागू गरिएको जनाएको छ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया