काठमाडौं , ३०, भदौ
तराई / मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती मुख्य रुपमा देखिएका छन् । सुरक्षा निकायहरुले यही चुनौतीलाई ध्यानमा राख्दै आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएका छन् । सुरक्षा अधिकारीहरूका अनुसार निर्वाचनमा खुला सिमाना, भूमिगत संगठन, निर्वाचनको विरोधमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सीके राउतका गतिविधि अनि दलहरूको शक्ति प्रदर्शनलाई सुरक्षा चुनौतीका रूपमा हेरिएको छ । यी जिल्ला बढी आपराधिक गतिविधि हुने क्षेत्रमा पर्ने भएकाले पनि निर्वाचनका लागि यही अनुरूप रणनीति बनाएको सुरक्षा निकायले जनाएका छन् । खुला सिमानाका कारण अपराधीहरू यताउता गर्ने भएकाले स्थानीय प्रशासनले सीमावर्ती सुरक्षा निकायसँग निर्वाचनमा समन्वय हुन गइरहेको जानकारी दिएका छन् ।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया