केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २९ भदौ ।
साझा प्रकाशन सर्जकहरुको संस्था हो, जसले पुस्तक प्रकाशन गरेर सम्बन्धित लेखकको झोला रोयल्टीले भरिदिन्छ । आम मानिसले बुझेको साझा प्रकाशन यही हो ।
तर, निकै समयदेखि साझा प्रकाशनसँग सम्वन्धित समाचारहरु सकारात्मक छैनन् । भ्रष्टाचार, अनियमितता र घाटा जस्ता शब्दहरु जोडिएर आउने समाचारले साझा प्रकाशनलाई पूर्णरुपमा दुर्गन्धित बनाएको छ । यही मेसोमा हामीले साझा प्रकाशनका संस्थापक प्रमुख ब्यवस्थापक तथा सचिव समेत रहनु भएका ध्रुवप्रसाद अज्र्याललाई सोधेका थियौं, तपाईंलाई साझा प्रकाशनको वर्तमान अवस्था सुन्दा कस्तो लाग्छ ? उनको जवाफ छ,– ‘रुन मन लाग्छ ।’
बिक्रम संवत २०२१ मंसिर १७ गते नेपाल भाषा प्रकाशिनी समितिवाट साझा प्रकाशनको रुपमा नाम र सोच रुपान्तरित भएपछि ध्रुवप्रसाद अर्याल प्रमुख ब्यवस्थापक तथा सचिव नियुक्त भएका थिए ।
२०२१ मंसिरवाट लगातार चार बर्ष धु्रवप्रसाद अज्र्यालले साझा प्रकाशनको कमान्ड सम्हाले । त्यसपछि उनी लेखन, अनुसन्धान र केही हदसम्म पत्रकारितामा संलग्न रहे ।
यसवीचमा साझा प्रकाशनले ५० भन्दा बढी पटक वार्षिक उत्सव कार्यक्रम आयोजना गर्यो । सयौंलाई सम्मान गर्यो । हजारौं पुस्तक प्रकाशित गर्यो । तर यी संस्थापकले निकालेका पुस्तक प्रकाशित गर्न आवश्यक ठानेन । अरु पुस्तक त परैजाओस्, साझाकै विषयमा ध्रुबले लेखेको नेपालमा सहकारिता विषयक पुस्तक समेत साझाले छापिदिएन । छाप्ने कुरा त अलि टाढाको भयो, आजका मितिसम्म साझाले उनलाई कुनै कार्यक्रममा बोलाएको छैन । एक पटक संझेको पनि छैन ।
ध्रुब प्रसाद अज्र्यालका कुरा सुनेपछि हामीलाई लाग्यो, साझालाई आफ्नै जन्मदाताहरु संझिने फुर्सद छैन । जन्मदाताहरुसँग सल्लाह गर्न र सल्लाह माग्न जरुरी ठान्दैन । प्रश्न गर्न मन लाग्छ, साझाले बर्षेनी कस्लाई गर्छ हँ सम्मान ? र कस्लाई दिन्छ पुरस्कार ?





























प्रतिक्रिया