२८, भदौ, स्याङ्जा
स्याङ्जाको गल्याङ नगरपालिकामा दाजुले भाइ अपहरण गरी ३५ लाख फिरौती मागेका छन् । गल्याङ नगरपालिका–२ का ४० वर्षीय मोबिनद्दिन मियाँले भाइ जनरुद्दिनलाई अपहरण गरी फिरौती माग्दै कुटपिट गरेका हुन् ।
मोहबिनद्दिन बुटवल उपमहानगरपालिका–५ बस्ने ३८ वर्षीय जनरुद्दिनको कान्छा काकाको छोरा भएको प्रहरीले जनाएको छ । अपहरण गरी फिरौती माग्ने मोहबिनद्दिन सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मियाँसँगै कालीगण्डकी गाउँपालिका–६ का २४ वर्षीय सुन्दरप्रसाद अधिकारी र सन्तोष श्रेष्ठ रहेका छन् । अपहरणकारीले चप्पल तथा जुत्ता व्यापारी मियाँलाई अपहरण गरी फिरौती माग्दै कुटपिट गरी घाइते बनाएका थिए । घाइते भएका जनुरुद्दिन मियाँले आफ्नो स्वास्थ्य खराब भएको र अस्पताल पु¥याएर औषधि सेवन गर्न आग्रह गर्दै उपचारपछि मागेको रकम दिने बताएपछि अपहरणकारीले नै गल्याङ सामुदायिक अस्पतालमा उपचारका लागि लगेका थिए ।
राजधानीबाट





























प्रतिक्रिया