२८, भदौ, हेटौंडा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले तिघ्रामा प्लाष्टिकले बेरेर लुकाइएको लागुऔषध सहित २ जनालाई हेटौंडाबाट पक्राउ गरेको छ । "/>

तिघ्रामा लुकाइएको लागुऔषध बरामद

तिघ्रामा लुकाइएको लागुऔषध बरामद

केन्द्रबिन्दु
0
Shares

२८, भदौ, हेटौंडा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले तिघ्रामा प्लाष्टिकले बेरेर लुकाइएको लागुऔषध सहित २ जनालाई हेटौंडाबाट पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–१०, बसपार्कबाट सिन्धुपाल्चोक चौतारा–२ का २४ वर्षीय सञ्जय दनुवारलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा तिघ्रामा प्लाष्टिकको टेपले बेरी लुकाइ ल्याएको प्रतिवन्धित पदार्थ डाइजेपाम ७१ एम्पुल, ब्युपिनोर्फिन ७५ एम्पुल, फेनारगन ९५ एम्पुल र लुपिजेसिक २५ एम्पुल सहित पक्राउ गरिएको हो । प्रहरीले विशेष सुराकीका आधारमा हेटौंडा–१५ मा लागुऔषध किनबेच भइरहेको छ भन्ने सूचना पाएपछि हेटौंडा १५ बस्ने वर्ष ४२ का कृष्ण बलको घर खानतलासी गर्दा बोरामा लुकाइराखेको १ किलो ५ सय ग्राम गाँजा सहित हेटौंडा–१४ बस्ने वर्ष २५ का सुनिल बललाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी नायब उपरीक्षक दिलीपराज झाले बताए ।
नेपाल समाचारपत्रबाट

Logo