२८, भदौ, काठमाडौं
नेपाल राष्ट्र बैंकले नजिकिएको दसैं–तिहारलाई लक्षित गर्दै आज २८ भदौ बाट नयाँ नोट बजारमा वितरण गर्दै छ । राष्ट्र बैंकले थापाथलीस्थित बैंकिङ कार्यालय परिसरमा रहेको क्षतिग्रस्त सिंहमहल भवन भत्काउने कार्य भइरहेकाले यसपटक विगतमा जसरी राष्ट्र बैंक परिसरबाट भने वितरण नगरिने जनाएको छ । नोट वितरणका लागि यसपटक सरकारी स्वामित्वको तीनवटा बैंकलाई जिम्मेवारी दिइएको छ । सो जिम्मेवारीअनुसार राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक मार्फत नोट सटहीको सुविधा प्राप्त हुनेछ । राष्ट्र बैंकका अनुसार नेपाल बैंकको काठमाडौं बैंकिङ कार्यालय न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुरमा नोट साट्न सकिनेछ । यस्तै राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, विशालबजार र नक्सालबाट तथा कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारमा यो सुविधा पाइनेछ । प्रतिव्यक्ति २७ हजार सम्म साट्न पाइने बताइएको छ ।





























प्रतिक्रिया