बाघ देखेर बाँदरलाई हृदयघात

बाघ देखेर बाँदरलाई हृदयघात

केन्द्रबिन्दु
0
Shares

उत्तर प्रदेश, २७ भदौ । भारतको एक जंगलमा सामुहिक रुपमा मरेका १२ वटा बाँदरहरुको पोष्टमार्टम गर्दा उनीहरुको मृत्यु अकस्मात बाघ देखेर हृदयघात भएर भएको पशु चिकित्सकले बताएका छन् ।

उत्तर प्रदेशको कोतवाली मोहामादी जंगलमा रहेका बाँदरहरु मध्ये १२ वटाको मृत्यु भएको थियो । कसैले बिष सेवन गराएको मृत्यु भएको हो कि भनेर पोष्टमार्टम गर्दा उनीहरु सबैको मृत्युको कारण हृदयघातको कारण रहेको खुलेको थियो । पशु चिकित्सक डा. संजिव कुमारका अनुसार उनीहरुको मृत्यु एकै समयमा हृदयघातको कारण भएको थियो ।

उक्त जंगलको बाटो हुँदै बाघ हिड्डुल गर्ने ह्ुनाले अकस्मात बाघ देखेर बाँदरहरु हृदयघातको शिकार भएको डा. संजिवले बताए । तर वन्यजन्तु बिशेषज्ञहरु कुनै पनि जंगली जनावरहरुको सामुहिक मृत्यु हृदयघातको कारण नभएको कारण यो मृत्यु पनि कुनै संक्रमणको कारण हुनसक्छ भनिरहेका छन् ।

Logo