भदौ, २७ ,काठमाडौं
नेपालमा उडान गर्ने २७ अन्तर्राष्ट्रिय एयरलाइन्सले सन् २०१७ को पहिलो ६ महिनामा १८ लाख ७३ हजार १ सय ९९ यात्रुलाई सेवा दिएका छन् । जुन गतवर्षको भन्दा १३ प्रतिशत अर्थात २ लाख १२ हजार ४ सय १८ ले बढी हो । यो वृद्धिदर पछिल्ला वर्षहरूकै सबैभन्दा बढी हो । सन् २०१६ को पहिलो ६ महिनामा १६ लाख ६० हजार ७ सय ८१ यात्रुलाई सेवा दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार ६ महिनामा १६ हजार ४ सय ६९ उडान भएका छन् ।कार्यालयका अनुसार सन् २०१७ को जनवरी महिनामा २ हजार ६ सय ६७ उडान मार्फत ३ लाख १८ हजार ८ सय ३८ यात्रुलाई सेवा दिएका छन् । त्यस्तैगरी फेब्रुअरी महिनामा २ लाख ६६ हजार १ सय ४३ हवाई यात्रु पुगेका छन् ।
कारोबारबाट





























प्रतिक्रिया