भदौ, २७ ,स्याङ्जा
३५ लाख फिरौती रकमको माग गर्दै बुटवल उपमहानगरपालिका ५ बस्ने बर्ष ३८ का जनुरदिन मियाँलाई अपहरण गरी फिरौती माग्ने ३ जनालाई स्याङ्जाको गल्याङ प्रहरीले प्रक्राउ गरेको छ।
उनीहरुलाई गल्याङ अस्पतालबाट प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा कालीगण्डकी गाउँपालिका ६ निवासी वर्ष २४ का सुन्दरप्रसाद अधिकारी, वर्ष २७ का सन्तोष श्रेष्ठ र वडा नं. २ का वर्ष ४० का मोहबिनदिन मियाँलाई प्रहरीले प्रक्राउ गरी अनुसन्धान सुरु गरेको छ। त्यसैगरी सामसुङ मोबाईल २ थान, हुवाई मोबाईल थान १, नोकिया कालो मोबाईल १ थान फेला पारी निज सुन्दर प्रसाद अधिकारी र सन्तोष श्रेष्ठको मोबाईल चेकजाँच गर्दा सुन्दरप्रसाद अधिकारीको मोबाईलमा निज जनुरदिन मियालाई अपहरण गरी बन्दक बनाई बाँधी कुटपिट गरी फिरौती माग गरेको भिडियो रेकर्ड फेला पारेको प्रहरीले जनाएको छ।
अपरहणकारीले प्रयोग गरेका लु. १७ प. ९४३१ नं साईन, लु. २२ प. १४१२ नं. को पल्सर मोटर साईकलहरु समेत प्रहरी नियन्त्रणमा छ। पीडित पक्षले घट्ना सम्बन्धमा शरिर अपहरण, बन्दक तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेपछि पक्राउ परेका तिनै जनालाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान शुरु गरेको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया