भदौ, २७ , काठमाडौं
विगत एक वर्षदेखि भारतमा रोकिएका नेपाली नम्बर प्लेटका ग्याँस बुलेट सञ्चालनमा नेपालमा ग्याँस ढुवानी गर्ने भारतीय ढुवानीकर्ता नै बाधक बनेका छन् । नेपालमा ग्याँस ढुवानी गरे बापत वार्षिक अर्बौं रुपैयाँ खान पल्केका भारतीय ढुवानीकर्ता आफ्नो रोजीरोटी गुम्ने डरले नेपाली ग्याँस बुलेट सञ्चालनमा बाधक बनेका हुन् । नेपाली ग्याँस व्यवसायीले बुलेट छुटाउन पटकपटक आग्रह गर्दा पनि बुलेट सञ्चालनमा आउन सकेको छैन ।
नेपाल ग्याँस उद्योग संघले भारतीय ढुवानीकर्ता सँग आगामी नोभेम्बरदेखि नेपालमा ग्याँस ढुवानी नगर्ने सम्झौता भइसकेको बताउँदै आएको छ । सो सम्झौताअनुसार नेपाली बुलेट सञ्चालनमा नआए आगामी नोभेम्बरदेखि नेपालमा ग्याँसको अभाव सिर्जना गर्ने चेतावनी समेत संघले दिँदै आएको छ ।
राजधानीबाट





























प्रतिक्रिया