महोत्तरी, भदौ ,२६

मधेश आन्दोलनका क्रममा गतवर्ष भदौ २३ र २५ गते आफ्ना छोरा र बाबु दुवै गुमाएका महोत्तरी, जलेश्वर नगरपालिका–८ का शहिद परिवारलाई राजपाले टिकट नदिँदा स्थानीय मतदाता दुःखी भएका छन् । "/>

शहिद परिवारलाई राजपाले टिकट दिएन, मतदाता दुःखी

शहिद परिवारलाई राजपाले टिकट दिएन, मतदाता दुःखी

केन्द्रबिन्दु
0
Shares

महोत्तरी, भदौ ,२६

मधेश आन्दोलनका क्रममा गतवर्ष भदौ २३ र २५ गते आफ्ना छोरा र बाबु दुवै गुमाएका महोत्तरी, जलेश्वर नगरपालिका–८ का शहिद परिवारलाई राजपाले टिकट नदिँदा स्थानीय मतदाता दुःखी भएका छन् । स्थानीय तहको तेस्रो चरणको चुनावमा राजपा जाने निश्चित भएकै दिन देखि जलेश्वर– ८ का बाबु र छोरा गुमाएका विनय चौधरीलाई टिकट दिने निश्चित गरिसकेको राजपाले अन्तिम अवस्थामा आएर नदिएपछि यहाँका मतदाता खुसी छैनन् । सदरमुकाम जलेश्वरमा गत वर्ष भदौ २३ गते ट्युसन पढेर फर्किने क्रममा आफ्ना १६ वर्षीय छोरा रोहन र २५ गते जलेश्वर – ८ स्थित बजारमा तरकारी किन्न गएका बेला प्रहरीले गोली हान्दा बुबा ७० वर्षीय गणेशप्रसादको निधन भएको थियो । विनयलाई जलेश्वरका सबै मतदाताले टिकट दिनुपर्ने माग गर्दै आएका थिए । उनले जलेश्वर नगरपालिकाको कुनै मुख्य पदमा टिकट पाउनेमा सबै जना विश्वस्त थिए। तर त्यस्तो भएन ।
नागरिकबाट

Logo