काठमाडौं, भदौ, २५
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम व्यवस्थापनले आधा करोड रुपैयाँ भन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश ‘घुम्न’ पठाएको छ । ‘जहाज थप्ने मात्र होइन, व्यवस्थापनमा सुधार पनि मेरो प्राथमिकता हो’ भन्दै आएका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले कमर्सियल, कर्पोरेट, इन्जिनियरिङ लगायत विभागका कर्मचारीलाई विभिन्न देश घुम्न स्वीकृति दिएका हुन् । ती मध्ये केही जाने तयारीमा छन्, केही विदेश घुम्दैछन् भने केही घुमेर फर्किसकेका छन् ।
नागरिकबाट





























प्रतिक्रिया