काठमाडौं, भदौ, २५
उपत्यकाका दुई महानगर र एक नगरपालिकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न नसक्ने भन्दै मन्त्रालयलाई पत्र पठाएका छन् । "/>

कर्मचारी व्यवस्थापन गर्न सक्दैनौंः महानगरपालिका

कर्मचारी व्यवस्थापन गर्न सक्दैनौंः महानगरपालिका

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, भदौ, २५
उपत्यकाका दुई महानगर र एक नगरपालिकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न नसक्ने भन्दै मन्त्रालयलाई पत्र पठाएका छन् । काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाले यही अवस्थामा कार्यालय कोठा, फर्निचर, सवारीसाधन, उपकरण र कार्यालय व्यवस्थापन गर्ने स्रोतसाधन नभएको कारण स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसकिने जनाउँदै मन्त्रालयमा पत्र पठाएका हुन्।

यता मन्त्रालयले भने कर्मचारी खटाउँदा पनि व्यवस्थापन गर्न नसक्नु स्थानीय निकायको गल्ती भएको बताउँदै शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले केही स्थानीय तहले कार्यालय अभावका कारण कर्मचारी व्यवस्थापन गर्न नसक्ने जानकारी सहितको पत्र पठाएको बताए। उनले भने– ‘कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने उहाँहरूको जिम्मेवारी हो, यदि राख्न सकिँदैन भने मन्त्रालयमै पठाइदिनुस्, हामी व्यवस्थापन गर्छौं।’
नेपाल समाचारपत्रबाट

Logo