काठमाडौं, भदौ, २५
सरकारले यातायात व्यवसायीको दवाव पछि सार्वजनिक बसमा छत राख्न अनुमति दिएको छ । दसैंका बेला अग्रिम टिकट बुकिङ नै नखुलाइ सरकारसँग सौदाबाजी गर्दै आएका व्यवसायी सामु सरकार झुकेको छ । "/>

नियम विपरित सार्वजनिक बसमा छत राख्न अनुमति

नियम विपरित सार्वजनिक बसमा छत राख्न अनुमति


काठमाडौं, भदौ, २५
सरकारले यातायात व्यवसायीको दवाव पछि सार्वजनिक बसमा छत राख्न अनुमति दिएको छ । दसैंका बेला अग्रिम टिकट बुकिङ नै नखुलाइ सरकारसँग सौदाबाजी गर्दै आएका व्यवसायी सामु सरकार झुकेको छ । सरकारले व्यवसायीको दवावमा छत राख्न दिने निर्णय गरे पनि यो कानुन विपरित कदम हो ।

दसैंमा २५ लाख सर्वसाधारणलाई उपत्यका बाहिर पठाउनुपर्ने बाध्यताका कारण सरकारलाई झुकाउन व्यवसायी सफल भएका छन् । सार्वजनिक सवारीमा सरकार व्यवसायीसँग मात्र निर्भर हुँदा सरकार झुकेको हो । शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा मन्त्री वीरबहादुर बलायरलाई साक्षी राखेर व्यवसायीले नियमविपरितका आफ्ना माग पूरा गराएका छन् । गतवर्ष पनि रुट नभएका सवारी चलाउन नदिने भनेपछि व्यवसायीले अग्रिम बुकिङ नै खोलेका थिएनन् ।
कारोबारबाट

Logo