काठमाडौं, भदौ, २५
सरकारले विगत केहि हप्ता देखिको बजार अनुगमनलाई निरन्तरता दिने बताएको छ । व्यापारीहरुले बजार अनुगमनको विरोध गरे पनि सरकारले अनुगमनलाई निरन्तरता दिने बताएको हो । निरन्तरताकै शिलशिलामा बजार अनुगमन गर्न जिम्मा पाएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले ७ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ । त्यसक्रममा न्युरोडका दुई कपडा पसलमा सिलबन्दी गरेको अनुगमन निरीक्षक ढुण्डिराज पोखरेलले बताए । न्युरोडमा रहेको तिरुपति लिर्बट जुत्ता र फिट वेल सुज प्रालिले अत्यधिक मुनाफा राखेको फेला परेपछि सिलबन्दी गरेको उनले बताए । ‘तिरुपतिमा अनुगमन गर्दा भ्याट मुनाफा सबै जोडेर ४ हजार १ सय रुपैयाँ पर्ने जुत्ताको मूल्य ६ हजार ८ सय र ३ हजार १ सय ६५ रुपैयाँ पर्ने जुत्ता ५ हजारमा बिक्री गरेको देखियो,’ उनले भने, ‘खरिद र बिक्री मूल्यमा धेरै अन्तर देखिएकाले पसल सिलबन्दी गरेका छौं ।’ उनका अनुसार फिट वेलमा व्यवसाय सम्बन्धित कागजात नै थिएन ।





























प्रतिक्रिया