काठमाडौं, २४ भदौ । लामो समयको बिबादपछि सरकार र यातायात ब्यबसायीबीच दशैलाई अग्रिम टिकट बुकिङ् गर्ने सहमति भएको छ ।सरकार तथा यातायात व्यवसायीबिच शनिबार भएको छलफलपछि २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको हो ।
यातायात मन्त्री वीरबहादुर बलायर नेतृत्वको सरकारी टोलीसँग भएको वार्तामा बसको छतमा यात्रुका सामान राख्न पाउने गरी सहमति भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
यसअघि यातायात व्यवसायीले भाडा बढाउनुपर्ने र गाडीमा छत राख्न पाउनुपर्ने माग गर्दै टिकट बुकिङ गर्न आनाकानी गर्दै आएका थिए ।





























प्रतिक्रिया