रुकुम, भदौ, २४
पश्चिम रुकुमको त्रिबेणी गाँउपालिका वडा नं १० को वडा कार्यालय राख्ने बिषयमा झडप हुँदा २ जना गम्भीर घाइते भएका छन् । साविकको पेउघा गाबिसको बरनेटीमा रहेको वडा कार्यालय भुम्केमा सार्नुपर्छ भन्ने पक्ष र बरनेटीमै रहनुपर्छ भन्ने पक्ष बिच झडप भएको हो । दुई पक्ष बिच झडप हुँदा भुम्केमा कार्यालय राख्नुपर्छ भन्ने पक्षका बर्ष ५८ का टेकबहादुर खड्का र उनका छोरा बर्ष ३५ का शेरबहादुर खड्का घाइते भएको प्रहरीले बताएको छ । टेकबहादुर सोही वडाको निर्बाचित वडा सदस्य हुन् । घाइतेहरुलाई स्थानीय स्तरमा उपचार संभव नभएपछि जिल्ला अस्पताल सल्ले पुर्याइएको छ । घाइतेहरुको टाउकोमा गम्भीर चोट रहेको अस्पतालले बताएको छ । कार्यालय भुम्केमा हुनुपर्छ भन्ने पक्षले बरनेटीमा रहेको वडापालिका कार्यालय तोडफोड गर्नुका साथै कार्यालयका सबै सामान नष्ट गरेको वडा अध्यक्ष शेरबहादुर के.सी. ले बताए । उनले कार्यालयको बिषयमा छलफल गरी सहमति गर्नुको साटो कार्यालय तोडफोड र झडप गर्ने तरिकाले अर्को पक्ष आएकोले यस्तो घटना हुन पुगेको बताए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया