सिमरा, २४, भदौ
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरीत मतदातासँग भोट माग्दै हिँडेका जलस्रोत राज्यमन्त्री अमरसिंह पुनलाई स्थानियले शुक्रबार नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ फत्तेपुरमा कांग्रेसका कार्यकर्ता लिएर भोट माग्दै हिडेका मन्त्री सिंहलाई स्थानियले गाडी सहित घेराउ गरि मन्त्रीलाई नियन्त्रणमा लिएका थिए। बाढीपीडितको अवस्था बुझ्न भन्दै फत्तेपुर आएका मन्त्रीले गाउँमा भोट माग्दै हिंडेको देखेपछि स्थानियले नियन्त्रणमा लिएका हुन्। सरकार पक्षबाटै आचारसंहिता उलंघन गरेको भन्दै मन्त्रीलाई स्थानियले नियन्त्रणमा लिएपछि प्रहरीले उद्धार गरेको थियो । आक्रोशित स्थानियले विरोध जनाए पछि फत्तेपुरबाट मन्त्री जीतपुर सिमरा उपमहानगरपालिका १० खेस्रोल पुगेका थिए।
अन्नपूर्णपोष्टबाट































प्रतिक्रिया