काठमाडौं , २४ भदौ
आपूर्तिमन्त्री शिवकुमार मण्डलले राष्ट्रिय गौरवका रूपमा रहेको पाइपलाइन विस्तारको योजनालाई छिटो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । "/>

पेट्रोलियम पाइपलाइन आयोजना अघि बढाइने

पेट्रोलियम पाइपलाइन आयोजना अघि बढाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , २४ भदौ
आपूर्तिमन्त्री शिवकुमार मण्डलले राष्ट्रिय गौरवका रूपमा रहेको पाइपलाइन विस्तारको योजनालाई छिटो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आयोजनाको अनुगमनका क्रममा बारा आएका मन्त्री मण्डलले देशकै ठूलो आवश्यकताका रूपमा रहेको पाइपलाइन विस्तारको योजनालाई भारतले तदारुकता देखाए पनि नेपालको सन्दर्भमा केही कानुनी प्रावधान र अन्य केही समस्या रहेका कारण कानुनी व्यवधान फुकाएरै आयोजनालाई अगाडि बढाइने प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय गौरवको आयोजना मध्ये आपूर्ति मन्त्रालय अन्तर्गतका दुई ठूला आयोजना पाइपलाइन विस्तार र एक प्रदेशमा एक पेट्रोलियम पदार्थको भण्डारण डिपोको निर्माण योजनाको कार्यान्वयनमा आफ्नो प्राथमिकतामा रहेको भन्दै उनले नेपाल आयल निगमलाई पनि भारतीय आयल निगम जस्तै आधुनिक प्रविधिमा विकास गर्न आवश्यक रहेको बताए । नेपालको ३० प्रतिशत र भारतको ७० प्रतिशत लगानीमा बन्न लागेको आयोजनालाई नेपालको पाइपलाइनको बाटोमा केही जंगल र बस्ती परेकाले सो समस्या व्यवस्थापनका लागि पहल भइरहेको बताउँदै समयमै आयोजना अगाडि बढाउन नसके भारतलाई क्षतिपूर्ति तिर्नुपर्ने बताए ।
राजधानीबाट

Logo