भारतीय नागरिकलाई गोली हान्ने दुई नेपाली पक्राउ

भारतीय नागरिकलाई गोली हान्ने दुई नेपाली पक्राउ

केन्द्रबिन्दु
0
Shares

भीमदत्तनगर, २३ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्तनगर–गड्डाचौकी खण्डमा बिहीबार राति दुई भारतीय नागरिकलाई गोली होनी फरार रहेका दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

बिहीबार राति भीमदत्तनगरबाट सिमावर्ती भारतीय बजार वनवासातर्फ मोटरसाइकलमा गइरहेका भारतीय सिँचाइ विभाग कर्मचारी युनियन संघ, कैनालका जगतसिंह चौहान र चन्द्रकिशोर सिंहलाई गोली हानेर फरार भएका भीमदत्त नगरपालिका–९ का दुई युवकलाई गड्डाचौकी प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ । 

गोली लागेका भारतीय नागरिक दुबैजना शारदा ब्यारेजका कर्मचारी रहेको बुझिाएको छ । गोली हान्ने युवकमा भीमदत्त नगरपालिका–९ मटेनाका १७ वर्षीय करनसिंह भण्डारी र २१ वर्षीय विक्रमनाथ रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । प्रहरीले उनीहरुलाई भीमदत्त नगरपालिकाको जिमुवा क्षेत्रबाट गोली प्रहारमा प्रयोग गरिएको पेस्तोल र चक्कुसहित बरामद गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक रघुनाथ भण्डारीले जानकारी दिनुभयो । 

घाइतेलाई वनवासामा उपचारपछि आज बिहान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याइएको छ । चौहानको पाखुरा र सिंहको पिँठ्यूमा गोली हानेर युवकद्वय भण्डारी र नाथ मोटरसाइकलमा भागेका थिए । रासस

Logo