काठमाडौं, २३ भदौ
चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनदेखि नेपाल सम्म रेल सञ्चालनका लागि प्राविधिक पक्षको अध्ययन भइरहेको बताएका छन् । "/>

नेपालमै रेल पुर्‍याउँन हामी तयार छौं :चीन

नेपालमै रेल पुर्‍याउँन हामी तयार छौं :चीन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २३ भदौ
चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनदेखि नेपाल सम्म रेल सञ्चालनका लागि प्राविधिक पक्षको अध्ययन भइरहेको बताएका छन् । ‘सीमा सम्म पुग्ने रेललाई चीनले छिट्टै नेपाल सम्मै पुर्‍याउनेछ,’ चीनको ६ दिने भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा प्रधानमन्त्री लीले राखेको धारणा उद्धृत गर्दै सहभागी एक सदस्यले भने, ‘नेपालमा रेल पुर्‍याउने विषयमा राजनीतिक तवरबाट नभई भूगोलको हिसाबले व्यापक अध्ययन गुर्नपर्ने भएकाले लामो प्राविधिक अध्ययनहरू भइरहेको छ ।’  उपप्रधानमन्त्री महराले नेपाल–चीन अन्तरदेशीय रेललाई राष्ट्रिय प्राथमिकता दिएर अघि बढाउन मुख्य राजनीतिक दलहरूको धारणा समान रहेको जानकारी गराएका थिए । उनले आफू चीन आउनुअघि सबै दलका नेताहरूसँग भेटवार्ता गरेर समान धारणा बनाएको समेत बताए ।
कान्तिपुरबाट

 

 

Logo