चन्द्रनिगाहपुर, २३ भदौ
मधेस आन्दोलनयता विकास भएको ‘मधेसी भर्सेज पहाडी मनोविज्ञानका विपरीत स्थानीय तहको निर्वाचनमा पहाडी बाहुल्य क्षेत्रमा मधेसी उम्मेदवार मत मागेर हिँडिरहेका छन् । "/>

चुनाव लाग्यो मधेशमा

चुनाव लाग्यो मधेशमा

केन्द्रबिन्दु
0
Shares

चन्द्रनिगाहपुर, २३ भदौ
मधेस आन्दोलनयता विकास भएको ‘मधेसी भर्सेज पहाडी मनोविज्ञानका विपरीत स्थानीय तहको निर्वाचनमा पहाडी बाहुल्य क्षेत्रमा मधेसी उम्मेदवार मत मागेर हिँडिरहेका छन् । पछिल्लो मधेस आन्दोलनका क्रममा पहाडी र मधेसीको टकराव झेलेको रौतहट चन्द्रनिगाहपुर नजिकका दुई नगरपालिकामा प्रमुख दलले नगरप्रमुखमा मधेसी समुदायका उम्मेदवारलाई अघि सारेका छन् ।
चन्द्रनिगाहपुरलाई मधेसमा बस्ने पहाडीको केन्द्र मानिन्छ । यहाँ कांग्रेसले मेयरमा थारू समुदायलाई अघि सारेको छ । चन्द्रनिगाहपुरको छेउमै रहेको रौतहटको गुजरा नगरपालिका र फतुवाविजयपुर नगरपालिकामा कांग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै पार्टीले नगरप्रमुखमा मधेसी थारूलाई अघि सारेका छन् । रौतहटको गुजरा र फतुवाविजयपुर नगरपालिकामा चन्द्रनिगाहपुर पछि पहाडी समुदायको उल्लेख्य बसोवास रहेको स्थानीयको बुझाइ छ । कांग्रेसले शेष दाउद, एमालेले रामेश्वरी बण्डा थारू र माओवादी केन्द्रले पलट चौधरीलाई गुजरा नगरपालिका प्रमुखमा उठाएका छन् ।
कान्तिपुरबाट

Logo