काठमाडौँ, २३ भदौ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधान अनुसार दल दर्ता गरी निर्वाचन चिह्न समेत प्रदान गरेको छ । "/>

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि चुनाव चिन्ह प्रदान

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि चुनाव चिन्ह प्रदान

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २३ भदौ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधान अनुसार दल दर्ता गरी निर्वाचन चिह्न समेत प्रदान गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा हिजो बसेको आयोगको बैठकले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम निर्वाचन प्रयोजनका लागि दल दर्ता गरी पाऊँ भनी आयोगमा परेका निवेदन सम्बन्धमा निर्णय गरेको हो ।

सो निर्वाचन प्रयोजनका लागि आवश्यक कागजात सहित ९५ राजनीतिक दलले निवेदन दर्ता गराएका थिए । आयोगले राजनीतिक दललाई नेपालको संविधानको र राजनीतिक दल सम्बन्धी ऐन, दर्ता गरी दलले प्राथमिकता क्रममा माग गरेका निर्वाचन चिह्नमध्ये आयोगको निर्वाचन चिह्नको समूहमा कायम रहेका चिह्नबाट निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको छ । साथै दुई वा दुई भन्दा बढी राजनीतिक दल संयुक्त भई एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन चाहेका राजनीतिक दलको हकमा समेत राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता गरी एकल चुनाव चिह्न प्रदान गर्ने निर्णय समेत भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । रासस

 

Logo