काठमाडौं , २२ , भदौ
१० वर्ष अघि सामान्य व्यापारीका रूपमा नेपाल प्रवेश गरेका एक चिनियाँ दम्पतीले अवैध रूपमा ल्याएको ८८ किलो सुन काठमाडौंमा समातिए पछि उनीहरूले यसअघि गरेका अवैध धन्दा बाहिर आएको छ। "/>

८८ किलो सुनका मालिकलाई भगाइयो

८८ किलो सुनका मालिकलाई भगाइयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , २२ , भदौ
१० वर्ष अघि सामान्य व्यापारीका रूपमा नेपाल प्रवेश गरेका एक चिनियाँ दम्पतीले अवैध रूपमा ल्याएको ८८ किलो सुन काठमाडौंमा समातिए पछि उनीहरूले यसअघि गरेका अवैध धन्दा बाहिर आएको छ। चीनको राजधानी बेइजिङ नजिकैबाट नेपाल आएका चिनियाँ दम्पती वान विइ मिङ र याङ बेन विङले व्यापारका नाममा नेपालमा बसेर अवैध धन्दा चलाएको तथ्य फेला परेको छ।

व्यापार गर्ने नाममा उनीहरूले ठमेलमा काठमाडौं वान होटल सञ्चालन गरेका थिए। शुरूमा चिनियाँ पर्यटकहरूलाई सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त होटलबाट तस्करीको सञ्जाल सञ्चालन गर्दै आएका ती दम्पतीले सुन तस्करी गर्नुअघि रक्तचन्दनको तस्करी गर्दै आएको रहस्य खुलेको छ। भारतबाट नेपाल बाटो हुँदै तिब्बत जाने रक्तचन्दनको व्यापारमा रोक लागेपछि ती दम्पतीले तिब्बतबाट अवैधरूपमा सुन ल्याउने र नेपालमा अवैधरूपमा संकलन गरेको विदेशी मुद्रा अवैधरूपमा चीन पठाउने काममा संलग्न रहँदै आएका थिए।
नेपाल समाचारपत्रबाट

Logo