काठमाडौं, २२ , भदौ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने एक टर्कीस नागरिकलाई पक्राउ गरेको छ । "/>

एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने टर्कीस नागरिक पक्राउ

एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने टर्कीस नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २२ , भदौ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एटिएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने एक टर्कीस नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले अनाधिकृत रुपमा पैसा निकाल्दै गर्दा ३० वर्षीय टर्कीस नागरिक इक्रिम अरम्यानकीलाई मंगलबार पक्राउ गरी हिजो सार्वजनिक गरेको हो । ब्यूरोले पक्राउ परेको व्यक्तिबाट एक हजार २२५ युरो, नौ हजार ७१० अमेरिकी डलर, ३३ हजार इण्डोनेशियन रुपिहा, ३४ वटा एटिएम कार्ड, चार थान मोबाइल र एक थान ल्यापटप बरामद गरेको छ । ब्यूरोले हाल सम्म एटिएमबाट ठगीमा चार रोमानियन, तीन टर्किस, दुई बुल्गेरियन, चार माल्दोभियन र दुई भारतीय गरी १५ जनालाई कारबाही गरिसकेको छ । पक्राउ अभियुक्तलाई बैंकिङ कसूर तथा सजायँ ऐन, २०६४ बमोजिम आवश्यक कारबाही हुने ब्यूरोले जनाएको छ । रासस

Logo