अमेरिका,१६ भदौ ।  मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने तर्क गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प एकाएक चर्चामा आएका थिए । "/>

ट्रम्पको ट्रयाक : बन्ने भयो मेक्सिकोको सिमानामा तीस फिट लामो पर्खाल

ट्रम्पको ट्रयाक : बन्ने भयो मेक्सिकोको सिमानामा तीस फिट लामो पर्खाल


अमेरिका,१६ भदौ । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने तर्क गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प एकाएक चर्चामा आएका थिए ।  उनको यो अभिव्यक्तिले विश्वभर स्थान पाउनुको साथै मेक्सिको संगको सम्बन्धमा थप उतारचढाव समेत आएको थियो ।

कतिपयले त उनको यो अभिव्यक्ति चुनाबी नारा मात्रै भएको भन्दै टिप्पणी गरेका थिए तर अहिले राष्ट्रपति ट्रंपले आफ्नो अभिव्यक्तिलाई सत्यसाबित बनाइ दिएका छन् । उक्त सीमामा  पर्खाल लगाउनका लागि कंक्रिटको नमूना बनाउन चार कम्पनी चुनिएका छन्।  

अमेरिकी सीमा गस्तीका प्रमुख तथा डेपुटी कमिशनर रोनाल्डो भिटीएलोले प्रेस सम्मेलनमा भने अनुसार अलाबामा, एरिजोना, टेक्सस र मिसिसिपिका कम्पनीहरुसँग सम्झौता गरिएको छ।चार कम्पनीहरु हरेकलाई पाँचलाख डलरसम्म तिरेर तीस फुट लामो कंक्रिटको नमूना सीमा पर्खाल बनाइने भएको छ । नमूना पर्खाल स्यानडियागो क्यालिफोर्नियामा बनाइने भएको छ।

चुनावी प्रचार प्रसारका बेला ट्रम्पले पर्खाल अमेरिकाले बनाउने र पैसा मेक्सिकोलाई तिराउने भनेका थिए । एजेन्सी

Logo