रौतहट ,१२ भदौ
धन भएर मात्र हुँदैन, पुण्य काम गर्न मन हुनुपर्छ भनेझैं एक जना मनकारी महिलाबाट रौतहटकी एक टुहुरी बालिकाको उद्धार हुने भएको छ।
दुई साताअघिको बाढीबाट अभिभावक गुमाउन पुगेकी रौतहटकी एक टुहुरी बालिकाको तिनै मनकारी महिलाबाट शिक्षादीक्षामा सहयोग पुग्ने भएपछि सामाजिक क्षेत्रमा काम गर्ने धेरैलाई चुनौती समेत थपिएको छ। मानवअधिकार र सामाजिक कार्यकर्ताको परिचय दिएर दातृनिकायको बजेटबाट रोजगारी गर्नेलाई ती मनकारी महिलाले हृदयदेखि नै गरेको कामले चुनौती थपिदिएको हो। नेपाल विद्यार्थी संघकी केन्द्रीय उपाध्यक्ष उर्मिला थपलिया तिनै मनकारी महिला हुन्। उनले बाढीबाट आमाबुबा गुमाउन पुगेकी परोहा नगरपालिका निवासी ४ वर्षीया बालिका जानवी यादवलाई कक्षा १२ सम्म पढाइदिने भएकि छिन्। ४ वर्षीया जानवी यादवलाई नेपाल विद्यार्थी संघकी केन्द्रीय उपाध्यक्ष उर्मिला थपलियाले चन्द्रनिगाहपुर स्थित माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयमा कक्षा १२ सम्म पढाउने घोषणा गरेकी हुन्। कक्षा १२ सम्म पढाउँदा लाग्ने सम्पूर्ण खर्च थपलियाले व्यहोर्ने भएकी छिन्।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया