काठमाडौं १२ भदौ
चिकित्सा शिक्षामा सुधारको माग गर्दै ११ पटक आमरण अनशन बसिसकेका शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले पुनः सत्याग्रह आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएको प्रति असन्तुष्ट देखिएका डाक्टर केसीले तीनबूँदे माग पूरा गर्न सरकारलाई आगामी भदौ २१ गते सम्मको अल्टिमेटम दिएका छन् । यस्ता छन् मागहरु :
१) काठमाडौं नेशनल मेडिकल कलेजलाई दिइएको अवैध सम्बन्धन तुरुन्त खारेज गरियोस् । त्रिविले दुरुपयाग गरेका सम्बन्धन, विद्यार्थी भर्ना र शुल्कसम्बन्धी सबै अधिकारहरु आइओएममा तत्काल फर्काइयोस् ।
२) हामीले दिएका सुझाव र माथेमा प्रतिवदेनअनुसार परिमार्जन गरेर चिकित्सा शिक्षा ऐन तत्काल जारी गरियोस् ।
३) त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारलगायत कार्यकारी परिषद्का सदस्यहरुलाई बर्खास्त गरी तत्काल छानविन र कारवाहीको प्रक्रिया अघि बढाइयोस् । चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको म्याद तत्काल थपेर काम गर्ने वातावरण मिलाइयोस् ।
हिमालय टाइम्सबाट





























प्रतिक्रिया